बलिउडका चर्चित नायक आमिर खानलाई कोरोना संक्रमण

Amir Khan

चैत ११, एजेन्सी,


बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
‘आमिरलाई कोरोना संक्रमित भएको छ । उनले आफूलाई घरमै अलग्गै क्वारेन्टाइनमा बसेका छन् । उनले सबै प्रोटोकलहरु पालना गरेका छन्,’ उहाको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै उनले अमिरलाई भेटेका सबैले कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । पछिल्ला केही दिनहरुमा उनीहरुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अनुरोध गर्दछौं । सबैलाई शुभकामना र शुभचिन्तकहरुलाई धन्यवाद,’ उनले भनेका छन् । गतवर्ष जुनमा, आमिरको टोलीका ७ जनामा कोरोना संक्रमण भएको थियो । तर उनलाई कोरोना संक्रमण भएको थिएन ।
आमिरले केही समय अगाडि सामाजिक सञ्जालमा नचलाउने घोषणा गरेका थिए । त्यसैले उनका प्रवक्ताले उनलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।