बिहारको विधानसभा बैठकमा हंगामा प्रहरीले वर्षाए लात्ती र मुक्का

Bihar Samsad

चैत ११, अन्तराष्ट्रीय सञ्चारमाध्याम,


भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई बर्बरतापूर्वक कुटपिट गरिएको विपक्षी नेता तेजस्वी यादवले जनाएका छन् ।
विपक्षी सांसदको नाराबाजी नियन्त्रण गर्न बोलाइएका प्रहरीले सांसदमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । एक भिडियोमा प्रहरीले सांसदहरुलाई लात्ती र मुक्का वर्षाएको देखिन्छ । घटनामा दुई महिलासहित १२ सांसद घाइते भएका छन् ।
त्यसक्रममा केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएका छन् । नयाँ प्रहरी विधेयकले नागरिक असुरक्षित बन्ने भनी नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रति खोसेर च्यातेपछि प्रहरी बोलाएर दमन गरिएको हो ।
सदनभित्र प्रहरीलाई बोलाइएपछि आक्रोशित सांसदहरुले नाराबाजी चर्काउन थालेपछि प्रहरीले लात्ती र मुक्की बर्षाउन थालेको थियो । प्रहरीले केही सांसदलाई त घिसार्दै बाहिर निकालेको थियो । प्रहरीले सासंदको कपाल लुछेको र लात्ताले हानेको फोटो र भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।