स्याङ्जाको वालिङ नगरपालिका देशकै उत्कृष्ट : प्रधानमन्त्री ओलिद्धारा सम्मान

Synja

चैत ११, पोखरा ।


स्याङ्जाको वालिङ नगरपालिका नगर व्यवस्थापनमा उत्कृष्ट भएको छ । नगर व्यवस्थापनमा उत्कृष्टका रूपमा छनोट भएको वालिङ नगरपालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्नुभएको छ । नगर व्यवस्थापनमा उत्कृष्ट भएबापत प्रधानमन्त्री ओलीले वालिङका मेयर दीलिपप्रताप खाँणलाई पुरस्कृत गर्नुभएको हो ।
सरकारले बनाएको विज्ञ टोलीले अध्ययन गरी वालिङलाई नगर व्यवस्थापनमा उत्कृष्ट ठहर गरेकोमा मेयर खाँणले खुशी व्यक्त गर्नुभयो । देशभरका नगरपालिकाले वर्षभर गरेका कार्य सम्पादनको मूल्यांकन गरी उत्कृष्ट नगर छानिएको हो ।