प्रधानमन्त्री ओली संसदमा वर्षने प्रश्नसँग डराए : गगन थापा

gagan thapa

चैत १०, काठमाण्डौँ ।


नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको भन्दै संसद भंग गर्ने सनक ठीक थियो भन्ने देखाउन प्रधानमन्त्री ओलीले अनेक प्रपञ्च गरिरहेको बताउनुभयो ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका मन्त्री थापाले, एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले अहिलेको संसदसँग बदला लिन खोजेको भन्दै उहाँले यो सरकार रहेसम्म, संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जाने दाबि गर्नुभयो ।