बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Rastrapati bhandari

चैत १०, कास्की ।

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी मङ्गलवार दिउँसो स्वदेश फिर्ता हुनुभएको छ ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकामा रहेको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेश मन्त्री डा। एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।