नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, पोखरामा मात्रै ४४ संक्रमित थपिए

corona

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैविच कास्कीको पोखरा महानगरपालिकामा आज मात्रै थप ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तीमार्फत दिएको सुचना अनुसार वडा नम्बर १६ मा मात्रै ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, अन्य सात वडामा गरि १४ जना नयाँ संक्रमित भेटिएका छन् । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमार्फत भेटिएका हुन् । संक्रमितहरुलाई आइशोलेसन सेन्टरमा लगिएको निर्देशनालयले जनाएको छ ।