महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा/नयाँ महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

mahanyayadhibaktako office

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । आज दिउँसो उहाँले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी दिनुभएको हो । संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट हुनुुहुन्थ्यो । पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ सालमा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।


यसैविच प्रधानमन्त्री कार्यालयले नयाँ महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस गरेको छ । प्रधानमन्त्रीको सिफारिस पछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुहुने छ । उहाँले पर्सि आईतबार सपथ ग्रहण गर्नुहुने बताईएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लड्नुभएको थियो । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिनुभएको थियो ।