छोराको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालको रिसेप्सनमा नविन्द्रकी आमा

काँग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीलाई मष्तिष्कघात भएको छ । उनको २२ दिनदेखि काठमाडौँको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

मष्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ ।

नविन्द्र राज जोशीको आमा

हाल भेन्टिलेटरमा राखेर उनको उपचार जारी राखिएको छ । उनको आमा भने अस्पतालको बाहिर बसेर छोराको स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् ।

अध्यारो अनुहार लगाएर आफ्नो छोरा चाडै निको होस भनेर कामना गर्दै अस्पतालमा बसेकी आमाको तस्विर देखेर सामाजिक सञ्जालमा बिभिन्न टिप्पणीहरु आइरहेका छन् । आमालाई आफ्नो सन्तानको माया कति हुन्छ भनेर यहीबाट झल्किने पत्रकार लालकुमार मोक्त्तानले बताए ।