कन्चनपुरमा सर्पको टोकाइबाट ५ बर्से बालिकाको मृत्यु ।

असार १४, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ काला गौंडीकी पाँच वर्षीया बालिका पुनम बोहोराको सर्पको टोकाइबाट मृत्यु भएको छ।

शनिबार राति घरको कोठामा सुतिरहेका बेला विषालु सर्पले उनलाई डसेको थियो।

तत्कालै बालिकालाई उपचारका लागि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पुर्‍याइए पनि उपचारकाे क्रममा उनको मृत्यु भएको स्थानीय नरेन्द्र बोहोराले बताए।

स्राेत थाहा खबर