गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या ८९५, निको हुनेको संख्या १ सय ७० पुगेको छ ।

असार १४, पोखराका १जना सहित गण्डकी प्रदेशका आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ ।

बागलुङ र म्यादीका २/२ जना, पर्वत, लम्जुङ र कास्कीको पोखरा महानगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा अाईतबार ७ जना भप भएका हुन।

कोरोनको संक्रमण पुष्टी भई गण्डकी प्रदेशका विभिन्न जिल्लाको आईसोलेसन कक्षमा उपचाररत ४३ जना पुरुष र ६ जना महिला गरि ४९ जना निको भई आइतबार अस्पतालबाट घर फर्किएका छन् ।

याेसंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ सय ७० पुगेको छ ।