पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्टको दाेस्रो शाखा संचालन ।

असार १०, पोखरा/ग्राहकको माग र चाहनालाई मध्यनजर गर्दै पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्ट सञ्चालनमा आएको छ ।

बिगत २ बर्ष अगाडी पोखराकै बिरौटा स्थित बराल फिडमा फेवा चिकन प्वाईण्टको नाममा २ वटा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका संचालक सूर्यप्रसाद बरालले चिकनका स्वादका पारखीहरुका लागी फ्राई, ग्रिल, स्टीमका परिकारहरुको माग बढेपछि पाेखराकाे न्यूरोडमा अर्को दाेस्रो शाखा सञ्चालनमा ल्याएका संचालक बरालले बताए।

सकभर नेपालमै उद्यमी बनौ भन्ने मान्यताका साथ आफू सहित २ जना बिदेशबाट फर्किएका प्रकाश सुवेदी र बालकृष्ण सिग्देल साथीहरुको लगानीमा पाेखराकाे न्युराेडमा रेष्टुरेण्टकाे दाेस्राे शाखा ब्यवसाय शुरु गरेको उनले बताए ।

संचलक २ जना मध्येका एक जना ७ बर्ष युरोपमा र अर्का एक जना ७ बर्ष कतारमा बसेर फर्किएका र आफू सहित ३ जना मिलेर ग्राहकको माग र चाहनालाई मध्यनजर गर्दै पोखराको न्युराेडमा फेवा चिकन प्वाईन्ट सञ्चालनमा अाएकाे र उक्त न्युरोडकाे एउटै रेस्टुरेन्टमा १ कराेड लगानी भएकाे ३ जना संचालक मध्यका संचालक सुर्य प्रसाद बरालले जानकारी दिए ।

बिस्वनै काेभिड १९ले अातंकित भएकाे समयमा हाम्राे जस्ताे बिकास उन्मुख देशमा यसकाे असर हामीले कल्पना गरेकाे भन्दा पनि बाहिर छ । याे विषम घडीमा धेरै ब्यवसाय धारासायी बन्दै गएकाे छन । याे चुनाैतिकाे बाबजुद पनि न्युरोड साखा संचालनमा ल्याएकाे उनले बताए । काेराेनाकाे याे जटिल समयमा उच्चस्तरीय स्वास्थ्य सतर्कताका साथ अाउने ग्राहकलाई २ मिटर सामाजिक दुई कायम गराउदै अाउने र जाने दुबै समयमा सेनिटाईजर प्रयाेग गर्न लागएर अाफैले लैजाने (टेक अवे) सुबिधा प्रदान गरिएको बराल बताउछन ।

ब्यवसायिक कृषितर्फ आफ्नै दाना उत्पादन, ह्याचरी सहितको ३५ हजार क्षमताको हिल प्वाईन्ट पोल्ट्री फार्म सञ्चालन गर्दै आएका बरालले स्वस्थ्यकर कुखुराको मासुको भिन्दा-भिन्दै स्वादका परिकारहरु उपलब्ध गराउँदै आएका छन् । भबिस्यमा यसलाई अझै समयकाे माग अनुसार प्रस्कृत गर्दै लैजाने संचालक बरालले जानकारी गराए ।

उनले बिरौटाका पुराना रेष्टुरेण्टबाट होम डेलिभरी दिदै आएकोले उक्त सुबिधालाई न्यूरोडमा पनि लागु गर्दै लकडाउनका समयमा रेष्टुरेण्टमै बसेर सेवा प्रबाह गर्नुभन्दा ग्राहक आफैले लैजाने (टेक अवे)काे सुबिधा प्रदान गरिएको बताए ।

पाेखरामै पहिलाे पटक स्वच्छ तथा अाफ्नै फार्मबाट उत्पादित कुखुरा र उच्चस्तरीय प्रबिधि बधशाला बाट तयारी गरिएका कुखुराकाे मासुबाट बनेका विभिन्न हाईजेनिक परिकार पाईने ठाउँ भएकाे र सबै ग्राहकलाई एकपटक भिजिट गरेर प्रतिक्रिया दिन समेत संचालक बरालले अनुराेध गरे ।

अहिले पनि तीनवटा रेष्टुरेण्टमा ३० जनाले रोजगारी पाएका छन् । आफ्नै ब्यवसायिक कृषि फर्मबाट उत्पादित बस्तुको आफ्नै रेष्टुरेण्ट ब्यवसायमार्फत उपभोक्ताको भान्सासम्म आफ्नै उत्पादन र परिकार समेत पुर्याउन पाउँदा आफू सन्तुष्ट र खुशी रहेको सञ्चाल सूर्य प्रसाद बरालले प्रतिकृया दिए ।