ड्याटसनको ‘बाइ नाउ पे इन २०२१’ अफर, सस्तो मूल्यमा रेडी गो किन्न पाइने

असार १०, पोखरा / ड्याटसन गाडीको बिक्रीमा नयाँ योजना ‘बाइ नाउ पे इन २०२१’ अफर आएको छ । ड्याट्सनका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स नयाँबजार पोखराका अनुसार यो अफर अन्तर्गत सस्तो मूल्यमा रेडी गो कार किन्न पाइने भएको छ ।

८ सय सीसीको रेडी गो नेपाली बजारमा उपलब्ध सस्तो गाडी मध्ये एक हो । ड्याटसन रेडी गोको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । यसमा ५० हजार रुपैयाँ छुट उपलब्ध छ । यसका आधारमा हाल यसको खास मूल्य १९ लाख ४९ हजार रुपैयाँ हुनेछ

कुनै ग्राहकले नयाँ गाडी किन्नु पर्याे भने ५० प्रतिशत डाउन पेमेन्टको रुपमा ९ लाख ७४ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । ५० प्रतिशत डाउन पेमेन्टको पनि ३० प्रतिशत अहिले र २० प्रतिशत ४ महिनाको अन्तरालमा ५ प्रतिशत ब्याजदरमा तिर्न सकिने कम्पनीले जनाएको छ । बाँकी पैसा ६ वर्षसम्म मासिक किस्ताको रुपमा बुझाउन सकिने एस.एस.एल. मोटर्सका प्रवन्ध निर्देशक गोपाल बरालले जानकारी दिए ।

त्यसैगरी शुरुको ६ महिनासम्मको सबै किस्ता कम्पनीले नै तिरिदिने भएकाले केही गर्नु पर्दैन ।

यसमा १० प्रतिशतको दरले ब्याज सहित हिसाब गर्दा प्रति महिना १६ हजार ५ सय ५० रुपैयाँ बुझाउनु पर्ने कम्पनीले बताएको छ । यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि ६ महिना अवधिसम्म कुनै पनि इएमआई तथा ब्याज तिर्नुपर्ने छैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले ब्यहोर्ने छ ।

यसको अर्थ गाडी किनिसके पछि ६ महिनासम्म कुनै पनि किस्ता तिर्नु पर्दैन र बाँकी ६ महिनाको किस्ता मात्र तिर्नुपर्छ । आगामी आर्थिक वर्षको इन्स्योरेन्स र सडक कर पनि कम्पनीले उपलब्ध गराउने छ भने गाडीका लागि आवश्यक एसेसरिज समेत कम्पनीले उपलब्ध गराउने छ । यी सबै सुविधा गाडी स्टक रहेसम्म मात्र उपलब्ध हुने बरालले बताए ।

मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका ड्याट्सनका गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालका छन् । कारले नयाँ युगको लागि जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । गाडीमा राइड कन्ट्रोल एडभान्स सस्पेन्सन सिस्टम तथा १.२ सि एचआर पेट्रोल इन्जिन छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्छ । बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्छ ।

नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० प्लस अपडेट छ । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग, एबिएस तथा इबिडी पार्किङ सेन्सर, १८० एमएमको ग्राउण्ड क्लियरेन्स, २४५० एमएमको ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ एमएमको टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ । जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्छ ।