असार ११, गण्डकी प्रदेशमा बिहीबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।
म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
बिहीबार विहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाका एक जना, बागलुङका २ जना, म्याग्दीका ६ जना, नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भएको थियो ।