थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुग्याे ।

असार ४, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । १ हजार १ सय ८६ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितमा भक्तपुर, डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपुर, स्याङजा, तनहुँ लगायतका जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएसँगै काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २२ पुगेकाे छ ।