पाेखरामा ५ जनामा संक्रमण पुष्टि, पहिलोपटक महिलामा संक्रमण देखिएकाे छ ।

असार ५, गण्डकी / शुक्रबार बिहानकाे स्वास्थ्य निर्देशनालय गण्डकीकाे बिबरण अनुसार पाेखराका २ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ। पाेखरा १० का ३० बर्ष र ५६ बर्षका महिलामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे। पाेखरामा पहिले पटक महिलामा काेराेना संक्रमण देखिएकाे हाे ।

उनिहरुलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालकाे अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का १ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर ३२ का २ जनामा काेराेना संक्रमण भएकाे पोखरा महानगरपालिका स्वास्थ्यमहा शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनी सबै क्वारेन्टिमा रहेका व्यक्तिहरु हुन् ।

शुक्रबार नवलपुरमा २, कास्कीमा ६, स्याङजा २ र बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश शुक्रबार बिहान थप २४ जनामा कोरोना संक्रमण सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३ सय ४८ पुगेको छ । प्रदेशमा अहिले सम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।