बाजुरास्थित क्वारेन्टाइनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि ।

असार ४, बाजुरास्थित बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तका अनुसार बिहीबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईका अनुसार उनी २८ गते मात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनले के कति कारणले आत्महत्या गरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ।

उनी शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। २४ वर्षदेखि भारत बस्दै आएका उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए। अहिले उनको परिवार क्वारेन्टाइनमा नै बसिरहेको छ।

source : Thahakhabar.com