असार ३, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले केही न केही बिशाल महादेवको मुर्ति निर्माणमा सहयोग गर्ने बचन दिएका हुन्। मुख्यमन्त्री गुरुङले उक्त परियोजना सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएको जोड दिए ।
उनले भने “करिब दुई बर्ष अघि पुम्दीकोटमा आउदा केही भागमा जमिन खनिएको मात्र थियो, आज यत्रो मुर्ति राख्ने स्ट्याचु सहितको भवन निर्माण हुनु हाम्रो प्रदेशको लागि पनि खुसिको कुरा हो । ” प्रदेश सांसद राजिव पहारीले आफ्नो क्षेत्रमा निर्माण हुन लागेको उक्त बिशाल महादेवको मुर्ति निर्माणमा सवै तहका सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
बिशाल महादेव मुर्ती निर्माण समितिका संयाेजक चन्द्रकान्त बरालले आउदो मंसिर भित्र बिशाल महादेवको मुर्ति स्थापना गर्न थप दुई करोड रुपैया आवश्यक भएको बताए । एक करोडको व्याबस्थापन प्रदेश, संघिय र स्थानिय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उनले बताए । हालसम्म करिब ४० प्रतिशत मुर्ति निर्माणको परियोजना सम्पन्न भएको बरालकाे भनाई थियो ।
उनले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न लागिएको परियोजनालाई देशमा कोरोना भाइरसको कारण लकडाउन भए पनि एक दिन पनि काम नरोकिएको संयाेजक बरालले बताए । महादेवको मुर्ति राख्ने (मुर्ति स्ट्यान) समेत निर्माण भएको हाल उक्त मुर्ति स्ट्यान सहितको १ सय ८ वटा शिव लिङग्र स्थापना सहितको निर्माण कार्य भइरहेको उनले बताए ।
पद्मा आसनमा बसेको ५१ फिट अग्लो महादेवको मुर्ति हाल भारतको दिल्लीमा निर्माणको क्रममा रहेको संयाेजक बरालले जनाए । शिवको ऐतिहासिक बिषय बस्तुहरु समेटिएको भिडियो प्रर्दशन गर्ने कक्ष, १ सय ५० सिट क्षमताको ध्यान केन्द्र, १८ वटा एट्याट वाथरुम सहितका सटर निर्माण भएकाछन्। टायल, मार्वल विच्छाउने सहितको केही निर्माण कार्यको फिनिसिङको काम बाँकी रहेको छ । ४० करोडको उक्त योजनामा हालसम्म करिब १२ करोड रुपैया खर्च भएको बिशाल महादेव मुर्ती निर्माण समितिका संयाेजक चन्द्रकान्त बरालले बताए।