असार ३, नेपालमा पछिल्लो २४ घण्टामा थप ५सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । जसमध्ये २० जनाको मृत्यु भएको छ ।
अहिले सम्म काेराेनालाई जितेर एक हजार १ सय ६७ जना डिस्चार्ज भएका छन् ।
बुधबार सबै भन्दा धेरै महोत्तरीमा २ सय जनामा कोरोना संक्रमण पुष्टिभएको छ । रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
त्यसै गरी मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २/२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएकाे छ ।
त्यस्तै बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।