हालसम्म १ हजार १ सय ५८ जना काेराेनालाई जितेर डिस्चार्ज भएका छन् ।

असार २, मंगलवारसम्म नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । आजसम्म ६ हजार ९२ जना पुरुष र ४ सय ९९ जना महिलामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ११७ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेमा पुरुष १ सय ९ जना र महिला ८ जना रहेका छन भने अहिलेसम्म १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये हालसम्म १९ जनाको ज्यान गएको छ ।

मंगलबार सम्ममा नेपालमा ७७ जिल्लामध्ये ७३ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म आरडी पिसीआर १ लाख ४३ हजार ७ सय ३७ र आरडीटी २ लाख २३ हजार ५ सय १९ नमूना परीक्षण भएको जनाईएको छ । अहिलेसम्म देशभरका क्वारेन्टाईनमा १ लाख ३३ हजार नौ जना र आईशोलेसनमा ५ हजार ५ सय ३१ जना रहेको जनाईएको छ ।