जेठ ३२, नेपालमा अाइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ।
पछिल्लो २४ घण्टामा ६१ जना अस्पतालबाट डिस्चार्ज भएसँगै हालसम्म कुल ९ सय ७४ जनालाई घर पठाईएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
डिस्चार्ज हुनेमा पुरुष ८ सय ७७ जना र महिला ९७ जना रहेका छन् ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७३ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ । आज रुकुम पुर्बमा संक्रमित फेला परेका छन् ।
जेठ १२ गते संक्रमण पुष्टि भएका गुल्मीका एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।