जेठ ३०, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ।
गण्डकी प्रदेशका चार जिल्ला स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँका एक जना र नवलपारसी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाएका छन्।
गण्डकी प्रदेशमा अहिलेसम्म देखिएका संक्रमितहरु स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।