विदेशबाट ल्याइने नेपालीको लागि उडान तालिका र भाडा दर सार्वजनिक ।

जेठ २९, काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। 

सरकारले विभिन्‍न देशहरुमा अलपत्र परेका लगभग ३० हजार नेपाली ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्‍न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका सार्बजनिक गरेकाे हो।

पर्यटन मन्त्रालयले विदेशबाट ल्याइने नेपालीका लागि हवाई भाडादर पनि तोकेको छ। बढी भाडा असुलिएको गुनासो आइरहेका बेला उद्धार गरिने देशबाट नेपालसम्म ल्याउनका लागि भाडादर निर्धारण गरिएको हो। 

यो भाडादरमा कर पनि समावेश रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जहाजका लागि एउटा उडानमा ८५ प्रतिशत यात्रु भएमा मात्र उडान गर्न सकिने जनाएकाे छ। नेपाल आउन चाहने नेपालीले अनिवार्य पिसिआर या आरडिटी परीक्षण गरेर नेगेटिभ आएको प्रमाण पत्र पेश गर्नुपर्नेछ। यात्रुहरु नेपाल आइसकेपछि सरकारको नियमानुसार क्वारेेेेेेन्टिन बस्नुपर्ने छ।

१. उडान मिति र हवाई भाडादर:- 

जुन १४: ढाका (बंगलादेश) – अमेरिकी डलर १६५ जुन १५: माले (माल्दिभ्स) – अमेरिकी डलर ४८० जुन १५ क्वालालम्पुर (मलेसिया) – अमेरिकी डलर ४६५ जुन १६: दुबई (युएई) – अमेरिकी डलर ४५० जुन १६ दोहा (कतार) – अमेरिकी डलर ४९० जुन १७: सिड्नी (अस्ट्रेलिया)- अमेरिकी डलर १६१५ जुन १७ बैंकक (थाइल्यान्ड) -अमेरिकी डलर ३९० जुन १७ बहराइन – अमेरिकी डलर ४९० जुन १८: रियाद (साउदी अरब) -अमेरिकी डलर ५६५ जुन १८ दुबई (सारजाह) – अमेरिकी डलर ४५० जुन १९: नारिता (जापान) -अमेरिकी डलर ९३५ जुन १९ कुवेत (सारजाह) – अमेरिकी डलर ५१० जुन २०: साइप्रस -अमेरिकी डलर ८३० जुन २० क्‍वालालम्पुर (मलेसिया) -अमेरिकी डलर ४६५ जुन २० दोहा (कतार) -अमेरिकी डलर ४९० जुन २१: सोल (कोरिया) – अमेरिकी डलर ८७५ जुन २१ मस्कट (ओमान)- अमेरिकी डलर ४६० जुन २२ बैंकक (थाइल्यान्ड)-अमेरिकी डलर ३९० जुन २३: नारिता (जापान) -अमेरिकी डलर ९३५ जुन २३: माले (माल्दिभ्स) -अमेरिकी डलर ४८० जुन २४: जेद्दह (साउदी अरब) -अमेरिकी डलर ६९० जुन २४ कुवेत- अमेरिकी डलर ५१० जुन २५: सिंगापुर – अमेरिकी डलर ५२०