जेठ ३०, शुक्रवार नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा ४ सय २४ जना पुरुष र २४ जना महिला छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
जसमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १६ जना निको भएका छन् । आज ४ जना महिला र १२ जना पुरुष डिस्चार्ज भएका छन् । १६ जना संक्रमणमुक्त भएसँगै कुल ८ सय ७७ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
निको हुनेमा पुरुष ७ सय ८६ जना र महिला ९१ जना रहेका छन् । हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ५७ बर्षका एक पुरुषको मृत्यु भएकोमा कोरोना पुष्टि भएसँगै १६ जना कोरोना संक्रमितकाे ज्यान गएको छ ।