नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ६१ जनाले काेराेनालाई जिते ।

जेठ २९, आज बिहीबार नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
अहिलेसम्म ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८७ जना संक्रमणमुक्त भएसँगै कुल ८ सय ६१ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

निको हुनेमा पुरुष ७ सय ७४ जना र महिला ८७ जना रहेका छन् । हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।