जेठ २७, मंगलबार नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमणमुक्त भएसँगै कुल ५ सय ८४ जनाले काेराेनालाई जितेर घर फर्किएका छन । काेराेनालाई जितेर घर फर्किनेहरुमा पुरुष ५ सय ७ जना र महिला ७७ जना रहेको छन् ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भरतपुर अस्पतालको आईसीयूमा रहेका एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ ।