पाटन युवा क्लबद्वारा एतिहासिक कुवाहरु सरसफाइ तथा संरक्षण कार्यक्रम सम्पन

अनन्त भण्डारी ,

जेठ २७ पोखरा । युवा सिर्जनसिलता आजको आवस्यकता भन्ने मुल नाराका साथ तनहुँ भिमाद ५ ऋषिङपाटनको पाटन युवा क्लबको अगुवाईमा जेठ २७ गते एतिहासिक कुवाहरु सरसफाइ तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


लकडाउनको बेलालाई सदुपयोग गर्दै ऋषिङपाटनका १५ जना युवाको समुहले सामाजिक दुरी कायम राख्दै ओन्टाङखोला कुवा,कट्टइ खोला कुवा,कुमाल पानी कुवा ,अमलापानी कुवा,चिसापानी पधेरोलगाएतका बिभिन्न एतिहासिक ठाउहरु सरसफाइ तथा संरक्षण गरेको हो ।
दशैमा गर्ने योजनामा रहेको कार्यक्रम एतिबेला लकडाउनको बेला गाउमा युवाहरु रहेको बेला जिर्ण अवस्थामा रहेका कुवाहरु संरक्षण गरेको क्लबका अध्यक्ष अमृत गर्हेले बताउनु भएको छ । साथै यि कुवाहरु हाम्रा पुर्खाका एतिहासिक बस्तु भएकाले यि कुवाहरु नयाँ पुस्ताकालागी पनि जानकारी तथा चिनारी दिनलाई पनि यो कार्यक्रम गरिएको बताउनु भएको छ ।
२०६३ सालमा स्थापना भएको क्लबले बिगतका दिनहरुमा पनि मैत्रीपुर्ण फुटबल प्रतियोगिता , सरसफाइ कार्यक्रम ,खुल्ला भजनक्रीतन प्रतियोगिता लगाएतका बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।