जेठ २८, गण्डकी प्रदेशका ७ जना कोरोना संक्रमित ब्यक्तिहरु आज संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमित ११ जना निको भएर घर फर्किएका छन् ।
आज बुधबार स्याङ्जाका बालिङका २१ बर्षका १ जना युवक , र गल्याङका २७ र ४० बर्षका २ जना पुरुष गरी ३ जनालाई जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।
त्यस्तै, बाग्लुङका तमानखोलाका २७ बर्षका २ जना पुरुष र बडीगाडका १९ र २० बर्षका २ जना किशोरलाई धौलागिरी अस्पतालबाट डिस्चार्ज गरिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
संक्रमित पुष्टि भई आईशोलेसनमा रहेका स्याङजाका ३ जना र बाग्लुङका ४ जनाको पछिल्लो पिसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सञ्चो हुनेको संख्या बाग्लुङका २ जना महिला र ४ जना पुरुष सहित ६ जना, स्याङ्जामा ३ जना पुरुष, नवलपुरकी १ महिला र लमजुङका १ बालक सहित ११ पुगेको छ ।