जेठ २६, सोमबार नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रिय अद्यावधिक तथ्याङ् ३ सय १४ र भरतपुर अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क २३ सहित संक्रमितको पछिल्लो तथ्याङक सहित नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७ सय ८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये २१ जना निको भएर घर फर्केकीए सँगै कुल ४ सय ८८ जनाले काेराेनालाई जितेर घर फर्किएका छन भने आज स्याङजाका एक पुरुषको मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ७१ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।