पाेखराका ६० वर्षे एक पुरुषमा काेराेना संक्रमण ।

जेठ २३, शुक्रबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षे पुरुष पोखरामा रहेका दुई अस्पतालमा उपचार पछि काठमाडौं लगिएकाे खुल्न अाएकाे छ ।

काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । आफ्न्त काठमाडौंमा भएका कारण उनलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो। काठमाडौंमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखी पछि पोखरामा पनि उनी सगँ भेट भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।

उनलाई काठमाडौं पुर्याउने बेलासम्म धेरै जना सम्पर्कमा आएका थिए । अहिलेसम्म संक्रमित नभेटिएको कास्कीमा यो घटना पहिलाे हाे । याे सँगै अहिले कास्कीमा खतराको घन्टी बजेको छ ।

पोखरा ८ मा बस्दै आएका उनीकाे काेराेना पुष्टि भए सँगै काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।