नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि ।

जेठ २३, नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि । नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । संक्रमित हुनेमा २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला छन् ।

४३ जना संक्रमणमुक्त भएसँगै कुल ३ सय ३३ जनाले काेराेनालाई जितेर घर फर्किएका छन । अहिलले सम्म निकाे हुनेमा २ सय ७२ जना पुरुष र ६१ जना महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताए ।

थप १ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ । आज गण्डकी प्रदेशका २ जिल्ला र कर्णालीका १ जिल्लामा संक्रमित भेटिएका छन् ।