जेठ २३, देशभर हालसम्म ३ सय ३३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्। मन्त्रालयकाअनुसार पछिल्लो पटक ४३ जना कोरोना संक्रमित देशभरका बिभिन्न अस्पतालबाट काेराेनालाई जितेर घर फर्किएका छन्।
कोशी अस्पताल बिराटनगरबाट २७ जना, बाँकेबाट १३ जना र धरानबाट ३ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेहरुको प्रादेशिक विवरण यसप्रकार छ।
प्रदेश नम्बर- १ मा ७६ जना, प्रदेश नम्बर-२ मा १ सय २१ जना, बागमति प्रदेशमा- ३२ जना, गण्डकी प्रदेशमा- ३ जना, प्रदेश नम्बर- ५ मा ९२ जना, कर्णाली प्रदेशमा-२ जना, सुदुरपश्चिम प्रदेशमा- ७ जना, गरि जम्म ३ सय ३३ जनाले काेराेनालाई जितेर घर फर्किएका छन ।