२६ जना नयाँ संक्रमित सहित २४३ पुग्याे, दैनिक जीवन थप कठिन बन्दै ।

३१ वैशाख, नेपालमा एकै दिन थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै जम्मा २ सय ४३ संक्रमित पुगेका छन । संक्रमित सबैकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । महिला भन्दा पुरुषनै बढि रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सरकारले संक्रमितकाे संख्या बढे सँगै लकडाउनमा पनि निकै कडाई गरेकाे छ । चैत ११ गते देखि सुरुभएकाे लकडाउनकाे कारण काममा जान नपाए पछि जिबिका चलाउनेकाे लागि निकै कठिन भएकाे छ ।

भारतमा काेराेना संक्रमित एका एका बढे सँगै नेपालमा पनि त्रास फैलिएको थियाे भने हाल नेपालमै दैनिक संक्रमितकाे संख्यामा वृद्धि भएकाे छ । याे जाेखिमकाे घडीमा
अनावश्यक काममा बाहिर नगई घरमै बसेर एउटा असल नागरिक बनाै र राष्ट्रियलाई सहयाेग गराै ।