वैशाख ३१, जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेका इ पास लगायतका सम्पूर्ण सवारी पासहरु मध्य राति १२ः०० बजे देखि खारेज भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी द्धारा जारी गरिएको सुचनामा कोरोना भाइरसकाे नियन्त्रण तथा राेकथामकाे लागि प्रशासनले प्रदान गरेकाे इ पास लगायका सवारी पास आज २०७७ वैशाख ३१ गते बुधबार मध्यराति १२ः०० बजे पछि खारेज हुने भएकाे छ ।
अन्य जिल्लाबाट जारी भएका पास समेत कास्कीमा मान्य नहुने ढकालले जनाकारि दिए ।
परिवारका सदस्यको मृत्यु भएमा, शिकिस्त बिरामी भएमा, सुत्केरी महिलाको उपचारका लागि र जिल्ला बाहिर जानु परेको खण्डमा इ पासमा माग गर्न प्रशासनले अनुराेध गरेको छ ।
यस सम्बन्धि थप जानकारी लिनको लागि सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई याे नम्बरमा ९८५६०२४५०१ मा सम्पर्क गर्न सकिने छ ।