बाँकेमा थप ७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुग्यो ।

बैशाख २३, नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्ला केही दिन यता याे संख्यामा निकै बृद्दिभएकाे छ । संक्रमितकाे संख्या ८२ पुगेकाे छ १६ जना काेराेनालाई जितेर घर फर्किएका छन भने ६६ जनाकाे विभिन्न अस्पतालहरुमा उपचार भईरहेकाे स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।