बैशाख २२, दिनानु दिन देशमा काेराेना संक्रमित बढेसँगै अत्यावश्यक अवस्थाका लागि वितरण गरिएको सवारी पासको दुरुपयोग बढिरहेकाे गुनासो लाई मध्यनजर गर्दै गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको छ ।
आइतबार साँझ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै गृहले सवारी पास वितरणमा कडाइ गर्न निर्देशन दिएको छ ।जिल्ला बाहिर जाने पास वितरणका लागि सम्बन्धित जिल्ला प्रशासनको समेत सहमति अनिवार्य रुपमा लिन गृहको निर्देशनमा उल्लेख गरिएको छ ।