भारतमा पछिल्लो २४ घण्टामा ४ हजारजना नयाँ सङ्क्रमित र करिब २ सय जनाको ज्यान गएको छ ।

बैशाख २३, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या एकै दिनमा ह्वात्तै बढेको छ। स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा झण्डै ४ हजारजना नयाँ सङ्क्रमित र करिब २ सय जनाको ज्यान गएको बताएका छन्। भारतको पश्चिममा पर्ने दुई धनी राज्य महाराष्ट्र र गुजरातमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको छ।

६ सातादेखि लकडाउनमा रहेको भारतमा उक्त प्रावधान केही खुकुलो पारिएको बेला सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विवरणहरू आएका हुन्। भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ। घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरिदिएको छ।

भारतभर अहिलेसम्म ४६ हजार ५ सय भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १५ सय ७५ जना भन्दा बढीको मृत्यु भइसकेको छ।

Source : BBC