वैशाख १४, वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो र पाँचाै रिपोर्ट पनि नेगेटिभ आएको छ । भारतीय तीन नागरिक र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो र पाँचाै पटक रपोर्ट नेगेटिभ आएको हो ।
पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रयोगशाला पठाइएको थियो । उनीहरूको चौथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५औं दिनमा आइतबार डिस्चार्ज भएका हुन् ।
अहिले सम्म नेपालमा ५१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् भने अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।