वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि ।

बैशाख,१४ वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएकाे छ । याे सगै नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ ।

वीरगञ्ज महानगरपालिकामा बस्ने दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबैलाई आइसोलेशनमा राखीएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

हाल नेपालमा कोरोना संक्रमितकाे संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना निको भएर घर फर्कि सकेका छन् । अहिले सम्म नेपालमा ९ हजार ६ सय ६८ जनामा काेराेना परिक्षण गरि सकिएकाे स्वास्थ्य तथा जनसख्या मन्त्रायलयले जनाएकाे छ ।