पाेखरा १३, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लकडाउन खोल्न हतार नगर्न संघ सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री गुरुङले शनिबार पोखराका केहि पत्रकारहरुसँगको छलफलमा लकडाउन खोल्न हतार गर्न नहुने तर लकडाउन जारी राखेर निर्माण र उत्पादन भने खुल्ला गर्नुपर्ने उनले धारणा राखे । उनले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्ने धारणा राखे ।
विकास निर्माणलाई जारी नराख्ने हो र उत्पादनलाई नखुलाउने हो भने जनजिवन थप जटिल अवस्थामा पुग्ने भन्दै मुख्यमन्त्री गुरुङले त्यसका लागि पनि यी क्षेत्र खुलाउनुपर्ने तर्क गरे । उनले कृषि उत्पादनमासमेत लकडाउन खुल्ला गर्नुपर्ने बताए । विकास निर्माण, उत्पादन र कृषि उत्पादनमा लकडाउन खुल्ला गरेपनि सामाजिक र भौतिक दुरी भने कायम गर्नुपर्छ ।’
मुख्यमन्त्री गुरुङले विकास निर्माण, उत्पादनलगायतमा लकडाउन खुल्ला गरेपछि त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातपनि खुल्ला गर्नुपर्ने बताए । तर त्यसरी सामान ओसारपसार गर्दा भाइरस संक्रमण नियन्त्रणका उच्च स्वनस्थ्य सतर्कता अपनाउनुपर्ने धारणा ब्यक्त गरे ।
मुख्यमन्त्री गुरुङले लकडाउन कायम राखेर विकास निर्माण र उत्पादन खुलाउने बारेमा प्रदेशका उद्योगी र निर्माण व्यवसायीहरु सकारात्मक रहेको दाबी गरे । हामीले केहि दिनदेखि विकास निर्माण र उत्पादनलाई खुल्ला गर्नेबारे उद्योगी र निर्माण व्यवसायीहरुसँग छलफल गरिरहेका छौं ।
मुख्यमन्त्री गुरुङले अन्य प्रदेशमा लकडाउन कायम राखेपनि गण्डकी प्रदेशमा खुकुलो बनाउन सकिने बताए । हाम्रो प्रदेशमा अब कोरोना छैन,‘उनले भने,‘बागलुङमा भेटिएका संक्रमित पनि निको भएर घर फर्किसकेका छन्, समुदायमा यो फैलिन पाएन र अहिले कोरोनामुक्त प्रदेश भइसकेको छ, तर उच्च स्वनस्थ्य सतर्कता सँगै हाम्रो प्रदेशमा लकडाउन खुकुलो बनाउन सकिन्छ ।’
