राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म स्थगनहुने सरकारी निर्णय ।

वैशाख १३, कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान जेष्ठ २ गते सम्म स्थगन हुने सरकारी निर्णय गरेकाे छ ।

प्रधानमन्त्री कार्यालयमा बसेको समितिको बैठकले यस अघि जेष्ठ १८ गतेसम्म स्थगन गर्ने निर्णय गरेको थियो । त्यसैगरी बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सबै भन्दा उपयुक्त माध्यम रहेकाे निष्कर्ष गरेकाेे छ ।

लकडाउनको अबधि तथा स्वरुप कस्तो हुने भन्ने विषयमा आगामी मन्त्री परिषद बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनु भयो । बैठकले पहिचान परिक्षण तथा उपचारको दायरालाई बढाउने र अझै प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।