झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण।

वैशाख १२, कोरोना भाइरसको एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले उनकाे आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। अहिले सम्म नेपालमा ४९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।