बैशाख १२, ब्रिटेनको अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको छ।
यो युरोपकै पहिलो कोरोनाभाइरस खोप परीक्षण हो।
यस अध्ययनको लागि चयन गरिएका ८ सयभन्दा स्वयम्सेवकहरूमध्ये दुईजनाबाट त्यसको सुरुवात गरिएको हो ।
आधाजसोले कोभिड-१९ का खोप प्राप्त गर्नेछन् भने आधाले कोरोनाभाइरसको नभइ मेनिन्जाइटिसको खोप प्राप्त गर्नेछन्।
ती स्वयम्सेवकहरूले आफूले कुन खोप पाएको भन्ने थाहा पाउने छैनन्।
डाक्टरहरूलाई भने त्यो थाहा हुनेछ।
खोप लगाएका दुईमध्येकी एक एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्: “म वैज्ञानिक हुँ। त्यसैले मैले यस वैज्ञानिक प्रक्रियालाई जति सम्भव हुन्छ त्यति सघाउन चाहन्छु।”
यो खोप गत तीन महिना भित्र अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको हो।
Source : BBC Nepali
