पोखरामा शनिवारदेखि एन्फा रेफ्रीङ कोर्ष सुरु

पोखरा ।

अखिल नेपाल फुटबल संघ, कास्कीको आयोजनामा एन्फा रेफ्रीङ कोर्ष पोखरामा शनिबारबाट शुरु भएको छ । गण्डकी प्रदेशका ८ जिल्लाका ४१ जना रेफ्रीहरु सहभागी कोर्ष पुसको २५ गतेसम्म सन्चालन हुनेछ । कोर्षमा फिफा रेफ्रि सुदिस पाण्डे, सुरेन्द्र सिखकार, किरण गिरीले प्रशिक्षण दिनुहुनेछ ।

आज आयोजित उद्घाटन समारोहका प्रमुख अतिथी खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले यस्ता कार्यक्रमले फुटबल खेलको विकाशमा लागि ठुलो भूमिका खेल्ने बताउनुभयो । एन्फा कास्कीले पछिल्लो समय उल्लेखनिय कार्य गर्दै आएको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता खालको कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले फुटबल खेलमा रेफ्रीको भुमिकाबारे चर्चा गर्दै प्रशिक्षण दौरान प्रशिक्षकले सिकाएका कुरालाई गम्भिरतापुर्वक लिन अनुरोध गर्नुभयो । त्यस्तै फिफाका प्रतिनिधि प्रशिक्षकले ५ दिने कोर्षमा परिमार्जित नियमबारे अध्यापन गराईने जानकारी दिनुका साथै फिटनेश टेस्टको पनि परिक्षण गरिने बताउनुभयो ।

गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ र पर्वत जिल्लामा समन्वयन गर्दागर्दै पनि उद्घाटनसम्म सहभागीता नभएको उहाँको भनाई छ । अन्य ८ जिल्लाबाट आएका रेफ्रिहरुले बेसिक लेवलको कोर्ष लिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सुरेन्द्र सिख्रकार, अखिल नेपाल फुटबल, गण्डकी प्रदेशका अध्यक्ष धरमबहादुर लामिछाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।