व्यावसाय प्रवद्र्धन गर्ने सहमति

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्की र रुपन्देही चेम्बर अफ कमर्सको व्यावसायीक प्रतिनिधि मण्डल बीच शनिबार भेटवार्ता भएको छ । दुवै चेम्बरका प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान सहमति भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष टंक पोखरेलले औद्योगिक क्षेत्रका उत्पादन तथा भारतसंग नजिक रहेको रुपन्देही र पोखराका उद्योगी व्यवसायीले कच्चा पदार्थको आदान प्रदान गर्ने बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारलेभ्रमण वर्ष २०२०को सन्दर्भमा दुवै चेम्बरका प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनको लागि सहकार्य भएको जनाए । उनले पोखरा काठमाण्डौ र लुम्बिनी बीच त्रिकोणात्मक सम्बन्धका आधारमा व्यावसायीक सहयोग आदान प्रदान प्रदान गर्नु पर्ने बताए ।

पोखरा क्षेत्रीय अन्तराष्र्टि«य विमानस्थल र गौतम बुद्ध अन्तराष्र्टि«य विमानस्थल निर्माण भई रहेको सन्दर्भमा भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन र पोखरा आउने चिनिया पर्यटकलाई रुपन्देहीसम्म पु¥याउन प्रयास गर्ने सहमति भएको छ । अध्यक्ष सुनारले पर्यटन प्रवद्र्धनको लागि दुवै चेम्बरले आन्तरिक उडानलाई बढाउन पहल गर्ने बताए ।

कार्यक्रममा रुपन्देही चेम्बर अफ कमर्सका अध्यक्ष यमलाल लोहनी, पोखरा चेम्बर अफ कमर्स कास्कीका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल,महासचिव उमराज बास्तोला लगायतले मन्तव्य राखेका थिए ।