अन्नपूर्ण समाज काठमाडौंमा नयाँ नेतृत्व

पोखरा ।

अन्नपूर्ण समाज काठमाडौंको दोश्रो अधिबेशनले आगामी दुईबर्षे कार्यकालको लागि अध्यक्षमा डा गोलमान गुरुङ चयन भएका छन् । शनिवार सम्पन्न अबिधेशनले अध्यक्ष लगाएत कार्यसमितिको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित गरेकोे निर्वाचन समितिका संयोजक महेन्द्र भट्टचनले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा झलकराम अधिकारी, महासचिवमा बिष्णुप्रसाद अधिकारी, सचिवमा रामहरि सुवेदी र कोषाध्यक्षमा ऋषीराम भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रेणुका गुरुङ, विमल गुरुङ, राजबहादुर गुरुङ, चित्रबहादुर गुरुङ, विमला देवकोटा, नवराज पौडेल, गिता राना भट्टचन र सुर्यबहादुर बिक रहनु भएको संयोजक्र भट्टचनले जानकारी दिनु भयो ।

निर्वाचन समिति संयोजकमा महेन्द्र भट्टचन र सदस्यहरुमा डा सूर्य देवकोटा र चुडामणी अधिकारी रहनु भएको थियो ।