योजनाहरुमा ‘डुब्लिकेसन’ र ‘ट्रिप्लीकेसन’को समस्या ः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहका सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका नमल्दिा योजनाहरुमा ‘डुब्लिकेसन’ र ‘ट्रिप्लीकेसन’को समस्या भएको बताएका छन् ।

मंगलबार पोखरामा स्थानीय तहको कानुन निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले योजना दोहोरिने समस्या समाधानका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका मिलाउनुपर्ने धारणा राखे ।

प्रत्येक सरकारले एक महिनाको अन्तरालमा नीति तथा कार्यक्रम र बजेट ल्याएमा योजनाहरु डुब्लिकेसन र ट्रिप्लीकेसन समस्या नहुने उनको सुझाव थियो ।

विस्तृत योजना प्रतिवेदन (डीपीआर) राष्ट्रिय मापदन्डअनुसार नबन्दा स्थानीय तहलाई योजनाहरुमा काम गर्न समस्या भएको पनि मुख्यमन्त्री गुरुङको धारणा थियो ।

चारदिने प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।