साझा पार्टीको कास्की जिल्ला समिति बिस्तार

पोखरा ।

साझा पार्टी कास्कीको जिल्ला समितिविस्तार भएको छ । केहीदिन अगाडि कास्कीको जिल्ला संयोजकको रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समितिनिर्माणको थालनीभएको थियो ।

आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको रुपमाजिल्लाकार्यसमितिको विस्तार गरेका हुन् । पहिलो चरणमा १३ सदस्यीयकार्यसमितिनिर्माण गरिएको जिल्ला संयोजकखनालले जानकारी दिए ।

जिल्ला समितिमालिलाधर लामिछाने, तिलकखत्री, अशोक खड्का, अरुण पौडेल, विश्वराजपौडेल, फडिन्द्रमोहन कँडेल, एकराजन्यौपाने, फडिन्द्र अधिकारी, इन्दिरा आचार्य, नारायणी कोईराला, दिलिपन्यौपाने र कृष्ण पोखरेल पहिलो चरणमा सदस्यनियुक्तभएको पार्टीले जनाएको छ । जिल्ला समितिअन्तरगत पार्टीको महानगर संयोजक समेत रहेका मनकाजी गुरुङ पदेन सदस्य रहेका छन् ।

साझा पार्टीको जिल्ला संयोजकखनालले जिल्ला समितिलाई चरणबद्ध रुपमाविस्तार गर्दै लैजाने बताएका छन् । विधानअनुसार साझा पार्टीले ४५ सदस्यीयजिल्ला समितिबनाउन सक्ने खनालले बताएका छन् । चाँडै नै विधानले दिएको संख्याअनुरुप समितिनिर्माण भैसक्ने उनले बताए ।

यसैबीचमंसिरमाहुने उपनिर्वाचनलाई लक्षितगर्दै साझा पार्टीले वडास्तरिय कमिटि निर्माणलाई पनिगतिदिने जनाएको छ । पार्टीले दशैँलगत्तै कास्कीका हरेक वडामा कमिटि विस्तार गर्ने जनाएको छ । उपनिर्वाचनमाजित्ने गरि माहौल बनाउनकालागिपनि पार्टीले तल्लो तहमापनिआफ्नो संगठन विस्तार गर्ने बताएको छ ।

त्यसैगरि पार्टीले जिल्लास्तरमाउपनिर्वाचनकालागिउम्मेदवारीको आवेदनआह्वान समेत गरेको छ । उपनिर्वाचनमाउम्मेदवारी दिनचाहनेले पार्टीको कार्यालयमा कारणसहित आवेदनबुझाउनुपर्ने नियमबनाएको खनालले बताए । कार्यालयमाआएकाआवेदनहरुमध्ये उत्कृष्टताका आधारमाजिल्ला समितिले उम्मेदवार सिफारिश गर्ने उनले बताए ।