पूजाआजा गरेर, घण्टी बजाएर अधिकार पाईदैन – डा.भट्टराई

पोखरा ।

समाजवादी समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति निर्माण र १० प्लस एक राज्यको अवधारणा अनुसार समाजवादी पार्टी अभियानमा लागेको देख्दा केहिको मुटुमा ढ्याङग्रो ठोकिएको बताएका छन् ।

तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकीले प्रदेशले शुक्रवार पोखरामा आयोजना गरेको कार्यक्रममा डा.भट्टराईले देशको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक चरीत्रलाई स्वीकार गर्न नसक्नेहरु, सत्तामा रहने र बाहिरका मान्छेहरुको मुटुमा ढ्याङग्रो ठोकिएको बताएका हुन् ।

संविधान निर्माणको बेलामा राज्यको पुर्नसंरचना समिति र आयोगले पहिचानका पाँच आधार, सामथ्र्यका चार आधार तयार गरेको थियो, त्यस अनुरुप नेपाललाई १० प्रदेशमा राज्यको पुर्नसंरचना गर्नु सबैभन्दा वैज्ञानिक हुन्छ भनिएको थियो । डा.भट्टराईले भने, ‘तर संविधान जारि गर्ने बेलामा शक्ति संतुलनको कारणले गर्दा पूरा गर्न सकिएन ।” ति पुरातनवादी मान्छेहरु, एकल जातिय अहंकारवादी मान्छेहरुले सोचेका थिए, मुद्धा सिद्धियो तर कहिल्यै पनि सत्य र न्यायको मुद्धा सकिदैन ।’ सत्य र न्याय स्थापित नहुँदासम्म सकिन्न, मुद्धा उठेको उठै गर्छ, मुद्धालाई तार्किक निष्कर्षमा नपुगुञ्जेलसम्म ररिहन्छ, डा.भट्टराईको बनाई थियो ।

अहिले हामीलाई अर्को विद्रोहको बाटोमा गईहाल्नु पर्ने अवस्था छैन, यहि संविधानलाई मानेर जाने हो, केहि उपलव्धि भएका छन्, डा. भट्टराईले भने, ‘उपलव्धि आधा गिलास जस्तो छ, यस्लाई भरी बनाउन संविधान संशोधन नै भएकोले सडक, सडन र सरकारबाटै हामी लक्ष्यमा पुग्छौं ।’

संघर्ष नगरिकन अधिकार आउँदैन, पूजाआजा घन्टी बजाएर अधिकार पाईदैन, यस्का लागि लड्नुपर्छ, त्यसकालागि संगठन नै हो । एकथरिले अहिले उत्तरको बिचारलाई सापटि लिएर प्रयोग गर्ने धृष्टता गरेका छन् भने अर्को थरिले दक्षिणी चरमदक्षिणपन्थि बिचारलाई लिएर नेपाली जनतालाई ठगने काम गरेका छन् । डा.भट्टाईले भने ‘त्यो कांग्रेस र कम्यूनिष्टको दिवालियापनको परिचय हो ।’

सामाजिक अगुवा तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जनजाती, उत्पिडित, महिला, पछाडी पारिएकाहरुको लागि बोल्ने कोहि पनि भएन, बाहिर आन्दोलनको माग चलिरहेको बेला संसदमा तत्कालिन समयमा सांसद हरिशरण आचार्य उठाएको स्मरण गरिन् । सबै अटेको, सबैको सहभागिता भएको संरचना हामीले चाहेका हौं, त्यसैले आफ्नो अधिकारको आन्दोलनमा साथमा दिने उनको भनाई थियो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले पहिचानको अधारमा संघिय प्रणाली स्थापना गर्न तमुवान राष्ट्रिय समिति गठन गरिएकोले अधिकार प्राप्तिको लागि समितिले नेतृत्व गरिरहने बताए