सृजना मा.वि.मा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न

पोखरा ।

पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूमा अन्तरनीहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यही असोज ९ र १० गते दुई दिवसीय ‘खुल्ला प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न गराउनको छ ।

उक्त कार्यक्रमको पहिलो दिन खेल समूहदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आफ्नो विभिन्न विधामा आ–आफ्ना क्षमता एवम् प्रतिभा प्रस्फुटन गरेकाथिए । सोही दिन खेलसमूहदेखि कक्षा १ सम्मका विद्यार्थीहरूलाई टिका जमरा लगाउने कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

नेपालीहरूका महान चाड पर्वका अवसरमा गरिने हाम्रा सांस्कृति परम्परा तथा संस्कारहरू सहित चाडपर्वको महत्व व्यवहारिक रूपमा सिकाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई टिका जमरा लगाउनुका साथै प्रसाद, दक्षिणा र चङ्गा वितरण गरिएको थियो । यसै अवसरमा विद्यालयका प्राचार्य डोलराज पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमको पहिलो दिनमा कक्षा ५ सम्मका विद्यार्थीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै गायन, कविता वाचन, लघु नाटक, वक्तृत्वकला लगायतका विविध विधामा आफ्ना प्रतिभा प्रर्दशन गरेका थिए । यसैगरी कार्यक्रमको दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले विविध विधामा आ–आफ्ना पतिभा प्रर्दशन गरेका थिए ।

तरेली सांस्कृतिक परिवारका सदहस्यरू मुना गुरुङ, विश्वास गुरुङ, सरिता थापा तथा विद्यालयका शिक्षिका द्वय रीता आचार्य र इन्द्रिरादेवी शर्माले कार्यक्रमको दुवै दिन निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यार्थीहरूका प्रतिभा तथा क्षमतालाई तहगत एवम् विधागत रूपमा छुट्टाछुट्टै मूल्याङ्कन गरिएको थियो ।

विभिन्न तह र विधाहरूमा विजेता विद्यार्थीहरूलाई कार्यक्रमको समापनका अवसरमा ट्रफी तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको कुरा विद्यालयका एकेडेमिक डिन तथा अतिरिक्त क्रियाकलाप संयोजक इन्द्रकुमार श्रेष्ठले बताए ।