लायन्स क्लवद्धारा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण ।

पोखरा ।

लायन्स क्लव अफ लेखनाथ सिमसारले पोखरा २७ स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुका लागी क्लवले चामल, तेल, आँटा, दाल, विस्कुट, जुस लगायतका खाद्य सामग्रीहरु वितरण गरेको हो ।

भाईस डिष्ट्रिक गर्भनर एमजेएफ लायन विशेश्वर आचार्य को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, हङगर रिलिफका डिर्पाटमेन्ट चिफ पदमबन्धु पोख्रेल, ब्लड डोनेसन डिर्पाटमेन्ट चिफ शैलेन्द्रमोहन भटृराई, रिजन चियर पर्सन वसुधा भटृराई, सुर्यनारायण बराल, जोन चियर पर्सन सावित्री बराल, गणेश ढुंगाना, लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटिका अध्यक्ष हरि वस्ताकोटी, लायन्स क्लव अफ लेखनाथ कवि शिरोमणीका अध्यक्ष विश्व पौडेल लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा क्लवकी कोषाध्यक्ष ताराद्ेवी शर्मा ढकाल, प्रभा पौडेल र ईन्दिरा ढुंगाना लगायतको जन्मदिनको अवसरमा आश्रमलाई वस्ने कुर्ची सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।

क्लवकी अध्यक्ष माया बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गिता बरालले गरेकी थिईन भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष शान्ति खनालले गरेकी थिईन ।